Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसईईको नतिजा साउन २५ गतेभित्र आउने

एसईईको नतिजा साउन २५ गतेभित्र आउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १८:३३:४८ बजे
  • 697
    SHARES
  • एसईईको नतिजा साउन २५ गतेभित्र आउने

    पोखरा । माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा साउन २५ गतेभित्र आउने भएको छ ।

    images

    आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताए । उनका अनुसार, बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ ।

    यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन भनिए पनि त्यो भन्दा नै छिटो गर्ने तयारी भएको अधिकारीले बताए। उनका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।

    बोर्डले माध्यमिक शिक्षा (एसईई)कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology