Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण तीब्र बनेपछि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा

कोरोना संक्रमण तीब्र बनेपछि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७७ आइतवार • ०८:२६:५५ बजे
  • 1.3K
    SHARES
  • कोरोना संक्रमण तीब्र बनेपछि  पर्सामा जिल्लाभरी नै निषेधाज्ञा
    कोरोना संक्रमण तीब्र बनेपछि सोमबारदेखि पर्सामा जिल्लाभरी नै निषेधाज्ञा लागू हुने भएको छ। शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो। परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
    पर्सामा गएको तीन सातामा कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भइसकेको छ। झण्डै तीन सय संक्रमति उपचारको क्रममा छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology