एजेन्सी । रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले अबको एक महिनापछि अर्थात अक्टोबरमा आम नागरिकका लागि कोरोनाविरुद्धको भ्याक्सिन दिने योजना बनिरहेको बताएका छन । यसका लागि देशब्यापी खोप अभियान सञ्चालन गर्न आवश्यक तैयारीका कामहरु चलिरहेको उनले बताए ।
स्वास्थ्य मन्त्री मुराश्कोलाई उद्धृत गर्दै रुसी न्युज एजेन्सी
तासले जनाए अनुसार सबैभन्दा पहिले डाक्टरलगयात स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई भ्याक्सिन लगाइनेछ भने दोस्रो चरणमा शिक्षकहरुलाई खोप लगाइनेछ ।
रुसको गामालेय साइन्टिफिक रिसर्च ईन्स्टिच्युट अफ ईपिडिमियोलोजी एण्ड माइक्रो बायोलोजीले विकास गरेको यो भ्याक्सिन सबैका लागि निशुल्क हुने स्वास्थ्य मन्त्री मुराश्कोले बताएको रसियन न्युज एजेन्सी
तासले जनाएको छ ।
गत महिना एक रसियन वैज्ञानिकले बताए अनुसार रुसले एड्रेनोभाइरसमा आधारित भ्यााक्सिन तयार पारेको हो ।