Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्य प्रशिक्षक पदबाट राजीनामा नदिने अलमुताइरीको संकेत

मुख्य प्रशिक्षक पदबाट राजीनामा नदिने अलमुताइरीको संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १०:०५:५१ बजे
  • 862
    SHARES
  • मुख्य प्रशिक्षक पदबाट राजीनामा नदिने अलमुताइरीको संकेत

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार एकाएक पदबाट राजीनामा दिन लागेको जानकारी दिए। उनले फेसबुकमार्फत दिएको यो जानकारीले नेपाली खेलाडीसँगै फुटबलप्रेमीहरुलाई एक किसिमको ‘सक’ नै लाग्यो। शनिबार मात्रै अलमुताइरीले आफ्नो फेसबुक पोष्टको कमेन्टमा एक नेपाली फुटबलप्रेमीलाई रिप्लाई दिँदै आफूले नेपाली फुटबलप्रेमीलाई दुःखी नबनाउने भन्दै मिलेसम्म आफ्नो सम्झौता बढाउने बताएका थिए।

    images

    तर, आइतबारको उनको राजीनामाको घोषणाले नेपाली फुटबलमा तरंगद नै ल्यायो। किनकि यो अनपेक्षित थियो। मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको आइतबार फेसबुकमार्फत बताएका थिए। तर नेम्वाङले भने पछिल्लो समय अल्मुताइरीसँग आफ्नो संवाद नै नभएको भन्दै यसको खण्डन गरिसकेका छन्। यस विषयमा छलफल गर्न शुक्रबार एन्फाको आपतकालीन बैठक पनि बस्दैछ।

    यसैबीच कोच अलमुताइरीले पदबाट राजीनामा नदिने संकेत गरेका छन्। बिहीबार उनले फेसबुकमा सूर्य सधैं बादलमाथि चम्किन्छ भनेर लेखेका छन्। ‘दि सन अलवेज साइन्स् एभव दि क्लाउड्स अर्थात् सूयै सधैं बादलमाथि चम्किन्छ,’ उनले लेखेका छन्।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology