काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका ३१ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको बताए । संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।