Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा पौडेल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७८ आइतवार • १९:०३:१४ बजे
  • 1.2K
    SHARES
  • गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा पौडेल विजयी

    पोखरा । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् ।

    images

    दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।

    निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८ र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन्। यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्।

    यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए ।रासस

  • सम्बन्धित विषय:

  • # गैरआवासीय नेपाली सङ्घ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology