Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शहीद स्मारक ए-डिभिजन लिग कात्तिक २९ गतेबाट , विजेताले ७५ लाख रुपैयाँ पाउने

शहीद स्मारक ए-डिभिजन लिग कात्तिक २९ गतेबाट , विजेताले ७५ लाख रुपैयाँ पाउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • २०:०१:२१ बजे
  • 733
    SHARES
  • शहीद स्मारक ए-डिभिजन लिग कात्तिक २९ गतेबाट , विजेताले ७५ लाख रुपैयाँ पाउने

    पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ वटै क्लबका प्रतिनिधिबीचको बैठकले नेपाली क्लब फुटबलको सर्वोच्च लिग शहीद स्मारक ए-डिभिजन लिग कात्तिक २९ गतेबाट शुरु गर्ने सहमति गरेको छ ।

    images

    असोज ३ गतेबाट शुरु हुने भनिएको लिग साफ च्याम्पियनशिप अक्टोबरको पहिलो साताबाट शुरु हुने भएको कारणले ए-डिभिजन लिगको मिति झण्डै दुई महिना पछि सारिएको हो।

    एन्फा र क्लबका प्रतिनिधिबीचको बैठकले लिगको विजेताले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरेको छ। यस पटकको ए-डिभिजन लिग विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ। विजेताले पाउने पुरस्कार राशीमा २५ लाख रुपैयाँले वृद्धि गरिएको हो।

    त्यस्तै लिगमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछ। दोस्रो स्थान ओगट्ने टोलीले पहिले २५ लाख रुपैयाँ पाएको थियो। अझै लिगमा सहभागी सबै टोलीले एन्फाबाट २० लाख रुपैयाँ पाउने पनि टुङ्गो लागेको छ।दुई चरणमा खेलिने लिग अब एकै चरणमा खेलिने भएको छ।

    पहिलेको तालिका अनुसार माथिल्ला ८ टोलीले क्वार्टर फाइनल तथा पुछारमा रहेका ६ टोलीले रेलिगेसनको लागि खेल्ने तालिका रहेको थियो भने अबको तालिका अनुसार पुछारमा रहेका दुई टोली स्वतः घटुवा भएर बी डिभिजन लिगमा पुग्ने भएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology