Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजदेखि देशभरका जिल्ला अस्पतालबाट काेराेना खोपकाे प्रमाणीकरण गरिने

आजदेखि देशभरका जिल्ला अस्पतालबाट काेराेना खोपकाे प्रमाणीकरण गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • ११:५६:२६ बजे
  • 604
    SHARES
  • आजदेखि देशभरका जिल्ला अस्पतालबाट काेराेना खोपकाे प्रमाणीकरण गरिने

    पोखरा । आजदेखि देशभरका जिल्ला अस्पतालबाट काेराेना खोपकाे प्रमाणीकरण गरिने भएको छ ।

    images

    स्वास्थ्य सेवा विभागले देशभरका सबै जिल्ला अस्पताललाई पत्राचार गरेर खोप प्रमाणीकरणकाे व्यवस्था मिलाउन निर्देशन दिएको हो । जिल्लामा रहेका ५० शैयाभन्दा माथिको अस्पतालबाटै खोप प्रमाणीकरण गर्न सकिने विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए ।

    अहिले खोप प्रमाणीकरणका लागि काठमाडौंका चार अस्पतालमात्र तोकिएको छ । जसले गर्दा देशभरबाट ती केन्द्रमा खोप प्रमाणीकरण गर्न आउनेको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि जाने नेपालीहरूले खोप प्रमाणीकरण गर्दै आएका छन् ।

    खोप प्रमाणीकरणका लागि देशभरबाट काठमाडौं आउनेको संख्या अत्यधिक हुँदा धेरैको विदेश यात्रा नै रोकिएको छ । यसलाई न्यूनीकरण गर्दै काठमाडौं आउनुपर्ने वाध्यता हटाउन जिल्लास्थित ५० शैयाको सरकारी अस्पतालबाटै खोप प्रमाणीकरण हुन लागेको हो ।

    जिल्ला अस्पतालमा कम्तीमा २ जना फोकल पर्सन तोकेर निःशुल्क रूपमा खोप प्रमाणीकरण गर्न विभागले देशभरका स्वास्थ्य कार्यालय तथा सबै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology