फाइल फोटो
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर आठ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार मेलम्ची नगरपालिका–११ मा गएराति गएको पहिरोमा पुरिएर ८ जना बेपत्ता भएको जानकारी दिए । एक जनाको भने जिवितै उद्दार गरिएको छ ।
बेपत्ता भएकाहरु कभडै हल निर्माणमा खटिएका मजदुरहरु भएको महर्जनले बताए । हराएकाको खोजीमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।