पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४,१०७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । तीमध्ये ९ हजार ९५७ जनाको मृत्यु भएको छ भने ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा ३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।