Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा कायमै, अमेरिका पछ्याउँदै

टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा कायमै, अमेरिका पछ्याउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १०:४३:४० बजे
  • 1.3K
    SHARES
  • टोकियो ओलम्पिक : चीन शीर्षस्थानमा कायमै, अमेरिका पछ्याउँदै

    एजेन्सी । टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्षस्थानमा यथावत रहेको छ। चीनले शीर्षतालाई १५औं दिनसम्म कायम राख्न सफल भएको हो। शुक्रबारसम्म चीनले ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ। चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३२ कास्यगरी कुल ९९ पदक जितेको छ। आयोजक जापान २४, स्वर्ण ११ रजत र १६ कास्यगरी कुल ५१ पदक जित्दै तेस्रो स्थानमा यथावत रहेको छ। इंग्ल्यान्ड १८ स्वर्ण, २० रजत र २० कास्यगरी कुल ५८ पदक जित्दै चौथे स्थानमा उक्लिएको छ।

    images

    रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १७ स्वर्ण, २३ रजत र २२ कास्यसहित ६२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहँदा १७ स्वर्ण, ६ रजत र २१ कास्यगरी कुल ४४ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा झरेको छ। १० स्वर्ण, १० रजत र १८ कास्यगरी ३८ पदक जित्दै इटाली सातौ स्थानमा उक्लदा जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्यगरी ३६ पदकसहित आठौं स्थानमा झरेको छ। नेदरल्यान्ड्स ९ स्वर्ण, १० रजत र १२ कास्यगरी ३१ पदक नवौं स्थनमा उक्लदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर शीर्ष १० मा अटाएका छन्।

    न्युजिल्यान्ड ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदकसहति ११औं स्थानमा रहँदा दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा रहेको छ। क्यानडाले ६ स्वर्ण, ६ रजत र १० कास्य गरी २२ पदक जितेको छ। क्युवाले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदक जितेको छ। हंगेरीले ५ स्वर्ण, ७ रजत र ५ कास्यगरी १७ पदक जितेको छ। ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा पोल्यान्डले ४ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ। चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जितेको छ।

    जमैकाले ४ स्वर्ण, १ रजत र ३ कास्य गरी ८ पदक जितेको छ। स्पेन, स्वीट्जरल्यान्ड, क्रोएसिया, बेल्जियम र स्लोभेनियाले समान ३ स्वर्ण जितेका छन्। स्वीडेन, चाइनिज ताइपेइ, डेनमार्क, इरान, केन्या, नर्वे, सर्विया, युगान्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, बहमास, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन्।

    युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, टर्की, अष्ट्रिया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन्।

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology