Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १८:२९:१९ बजे
  • 703
    SHARES
  • थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा ३५ हजार ४३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३६ लाख ७४ हजार ७०१ वटा पिसिआर र ३ लाख ५४ हजार २५० वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology