Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि टीम प्रमोदका किरण गजमेरले जिते

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि टीम प्रमोदका किरण गजमेरले जिते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २४, २०७८ आइतवार • ०९:३०:३५ बजे
  • 1.8K
    SHARES
  • ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि टीम प्रमोदका किरण गजमेरले जिते

    पोखरा । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि टीम प्रमोदका किरण गजमेरले जितेका छन् । विजेता किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । भुटानी शरणार्थीका रुपमा कष्टकर जीवन बिताइरहेका किरण अमेरिका पुनर्वास भएका थिए । उनी भ्वाइसमै सहभागिता जनाउन नेपाल आएका हुन् ।

    images

    फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका हुन् । टिम प्रमोदबाट किरण गजमेरसँगै टीम दिपबाट आर्यन तामाङ, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा पुगेका थिए ।

    हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।

    किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमिफिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्। रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो। जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए।

    किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको तिनपाते गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।

    हरेक शुक्रवार र शनिवार राति ८ प्रशारण हुँदै आइरहेको शो को फिनाले शनिवार बेलुकी ८ बजेबाट सुरु भएको थियो । मध्यराति सवा १२ बजे विजेताको नाम घोषणा गरिउको हो ।

    शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा थियो । अडियन्सले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता बनेका हुन् ।

  • सम्बन्धित विषय:

  • # द भ्वाइस अफ नेपाल ३
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology