Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो जापानमा जारी टोकियो ओलम्पिक फुटबल

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो जापानमा जारी टोकियो ओलम्पिक फुटबल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २४, २०७८ आइतवार • ०९:५२:२४ बजे
  • 796
    SHARES
  • स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो जापानमा जारी टोकियो ओलम्पिक फुटबल

    पोखरा । स्पेनलाई पराजित गर्दै ब्राजिलले जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा जितेको छ ।

    images

    शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको हो ।

    ब्राजिललाई जित दिलाउन म्याथुएस कुन्हा र माल्कोमले गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

    निसान स्टेडियममा भएको खेलको ३८औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले अग्रता लिने अवसर गुमाएको थियो ।

    तर पहिलो हाफको इन्जुरी समयमा कुन्हाले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।

    ६१औं मिनेटमा ओयार्जाबलले स्पेनका लागि बराबरी गोल फर्काए ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ ब्राजिलका माल्कोम नायक बने । उनले १०८औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाए ।

    ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यसअघि ब्राजिलले सन् २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology