Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वर्ण जित्ने नीरजलाई पुरस्कारको बहार, ३ घण्टाभित्र १३.७५ करोड नगद पुरस्कार घोषणा

स्वर्ण जित्ने नीरजलाई पुरस्कारको बहार, ३ घण्टाभित्र १३.७५ करोड नगद पुरस्कार घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • ११:३९:२६ बजे
  • 1.1K
    SHARES
  • स्वर्ण जित्ने नीरजलाई पुरस्कारको बहार, ३ घण्टाभित्र १३.७५ करोड नगद पुरस्कार घोषणा

    ज्याभलिन थ्रोअर नीरज चोपडाले ओलम्पिक एथ्लेटिक्समा स्वर्ण पदक जितेर भारतको १२१ वर्षको खडेरी अन्त्य गरेका छन् । शनिबार खेलिएको फाइनल प्रतिस्पर्धामा ८७.५८ मिटरको उत्कृष्ट थ्रोका साथ चोपडाले पदक जित्न सफल भएका हुन् । राष्ट्रपति रामनाथ कोविन्ददेखि लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले नीरजलाई यस ऐतिहासिक जीतको बधाई दिएका छन् ।

    images

    प्रधानमन्त्री मोदीले फोन गरेरै नीरजलाई बधाई दिएका थिए । त्यस्तै, गृहमन्त्री अमित शाह, सेना प्रमुख, राहुल गान्धीदेखि सोनिया गान्धीसम्मले उनलाई बधाइ दिएका छन् । पदक जितेपछि नीरजलाई पुरस्कारको वर्षा पनि शुरु भएको छ । पदक जितेको ३ घण्टामा नै नीरजलाई १३.७५ करोड भारतीय रुपैयाँ बराबरको नगद पुरस्कार दिने घोषणा भएको थियो ।

    राज्य सरकारदेखि लिएर रेलवे, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र इन्डियन ओलम्पिक एसोसिएसनले आ–आफ्नो तर्फबाट पुरस्कार घोषणा गरेका छन् । हरियाणा राज्यका मुख्यमन्त्रीले नीरजलाई ६ करोड रुपैयाँ नगद र प्रथम श्रेणीको सरकारी जागिर दिने घोषणा गरेका छन् । मुख्यमन्त्री मनोहर लाल खट्टरले नीरजलाई ५० प्रतिशत छुटमा फ्ल्याट पनि दिने बताएका छन् ।

    बीसीसीआईले नीरजलाई १ करोड दिने घोषणा गरेको छ भने पञ्जाब सरकारले पनि उनलाई २ करोड रुपैयाँ नगद दिने बताएको छ । मणिपुर सरकारले नीरजलाई १ करोड रुपैयाँ दिने बताएको छ ।

  • सम्बन्धित विषय:

  • # पुरस्कार घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology