Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १४:३३:१८ बजे
  • 1.5K
    SHARES
  • मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीलाई

    अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका-२०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् । ग्रान्ड फिनालेमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन् ।

    images

    यस्तै, फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् । मिस नेपाल नर्थ अमेरिका(२०२ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रान्ड फिनालेमा पूर्वमिस नेपालहरु मलिना जोशी, श्रृंखला खतिवडा, सदीक्षा श्रेष्ठ समेतको उपस्थित रहेको थियो ।

    सुरजसिंह ठकुरी, बासु फुलारा, मलिना जोशी, सवु गदाल कार्की निर्णायक थिए । नेपाली महिलाहरुलाई सशक्त तुल्याउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले बताए । बिजेता गरिमाले केही गीतहरुमा स्वर भर्ने संगै मोडलिङ्ग समेत गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # मिस नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology