स्याङ्जाको भालु पहाड तल बुलेटबाइक सहित भेटिएको मानव कंकाल महिनौ दिन देखी हराइरहेका स्याङ्जाका पंकज गिरीको रहेको पुष्टी भएको छ ।
असार १८ गते बुलेट बाइक सहित हराएका पकजको शव हिजो सोमबार साझ माछा मार्न गएका मानिसहरुले भेटेको बुलेटबाइक आसपास खोजी गर्दा मानव कंकाल भेटिएको हो ।आज उनको हाडखोरमात्रै भेटिएको स्याङ्जा प्रहरीले जनाएको छ । पंकजका आफन्तले घटनास्थलमा भेटिएका लुगाफाटोका आधारमा कंकाल उनकै भएको पहिचान गरेका थिए । सोही आधारमा उक्त कंकाल पंकजकै भएको प्रारम्भिक निक्र्याेल प्रहरीले निकालेको हो ।
स्याङ्जाका प्रहरी नायब उपरीक्षक डिएसपी राजेन्द्र अधिकारीका अनुसार कंकाल भेटिएपछि पहिचानका लागि पंकजका आफन्तलाई डाकिएको थियो । आज मध्याह्न १२ बजेपछि घटनास्थल पुगेका आफन्तले सनाखत गरेका थिए ।
पंकजको दुर्घटनाबश वा कसैले मारेर ज्यान गएको हो भन्ने यकीन भएको छैन । त्यसको अनुसन्धान सुरु भएको जानकारी डिएसपी अधिकारीले दिए ।
असार १८ गतेदेखी स्याङजा चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भई पोखरा–५ पस्र्याङ बस्ने पंकज गिरी वेपत्ता थिए। स्याङजा बाड्खोलाबाट आएका ना ४० प ३७२० नम्बरको बुलेट बाइकमा पोखरा आएका १९ वर्षी गिरी एक महिना वितिसक्दा पनि फेला परेका थिएनन । पंकज त्यस दिन नौ डाँडासम्म आएको देखिन्छ,
उनी हराएको खबर पाएपछि आफ्न्तले उनी निकट सबै साथीहरूलाई फोनबाट सोधपुछ गरे । तर पंकज कुनै साथी कहाँ पनि नगएको र पोखरा नआएको भन्ने खबर पाएपछि आफन्तले स्याङजा प्रहरी मात्र नभएर कास्की प्रहरीकहाँ समेत गुहार मागेको थियो । हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङजा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् । पोखरा बाग्लुङ वस पार्कमा रहेको सुनिल अटो पार्टसमा काम गर्ने गिरी असार १८ गते स्याङजाबाट हिँडेको तर पोखरा आई नपुग्दा बिच बाटोमा कसरी हराए भन्ने प्रश्न उठेको थियो ।
गिरीले स्याङजाबाट आउँदा प्रयोग गरेको बुलेट बाइक लेकसाइडबाट भाडामा लिएको भन्ने खुलेको छ । उनले चैत ८ गते लकडाउन अघिनै लेकसाइडमा रहेको पोखरा मोटरसाइकल रेन्ट हाउसबाट बाइक भाडामा लिएको र सो वापत एक पटक २५ हजार र अर्को पटक १० हजार गरी ३५ हजार रकम बुझाएका थिए ।