पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ४ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय १८ जनासहित देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।