Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

चेक बाउन्स मुद्दामा फरार रहेका भुसाल सीआईबीको फन्दामा

चेक बाउन्स मुद्दामा फरार रहेका भुसाल सीआईबीको फन्दामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७८ बुधवार • १६:१०:३५ बजे
  • 532
    SHARES
  • चेक बाउन्स मुद्दामा फरार रहेका भुसाल सीआईबीको फन्दामा

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शितगंगा न.पा.५ घर भई हाल काठमाडौं चन्द्रागिरी-६ बस्ने ३५ बर्षीय कासीराम भुसाल रहेका छन् । बुधबार सीआईबीले भूसाललाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका थापालाई उच्च अदालत पाटनको २०७७ माग ४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई ग्लोबल आईएमई बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # चेक बाउन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology