Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस संक्रमणको गति तीव्र बनेसंगै ,जोर बिजोर प्रणाली लागु गर्ने तयारी

कोरोना भाइरस संक्रमणको गति तीव्र बनेसंगै ,जोर बिजोर प्रणाली लागु गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७७ मंगलवार • ०८:३६:१३ बजे
  • 4.1K
    SHARES
  • कोरोना भाइरस संक्रमणको गति तीव्र बनेसंगै ,जोर बिजोर प्रणाली लागु गर्ने तयारी
    कोरोना भाइरस संक्रमणको गति तीव्र बनेसंगै सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा निजीसहित सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ ।
    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्य क्षेत्रका विज्ञसँग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् । सोमबार काठमाडौं उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन् ।
    सिसिएमसीका एक सदस्यका अनुसार सिसिएमसीको बैठकमा संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकका सबैलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको छ ।
    सरकारले पछिल्लो पटक संक्रमणको गतिको अवस्था हेरेर आवश्यक निर्णय गर्ने अधिकार जिल्लामा रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई समेत अधिकार दिएको छ । सोहीअनुसार कतिपय जिल्लामा निषेधाज्ञासमेत लागु गरिएका छन ।
    सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ । तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना बढेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाउँदै आएको छ ।
    मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ वटा नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

  • सम्बन्धित विषय:

  • # यातायत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology