Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोना पुष्टि,३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोना पुष्टि,३५ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७८ सोमवार • १८:४१:२२ बजे
  • 538
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोना पुष्टि,३५ जनाको मृत्यु

    पोखरा ।  पछिल्लो २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology