पोखरा । बेलायती कम्पनी मार्फत अफगानिस्तान पुगेका ४३७ जना नेपालीहरुलाई उद्दार गरी बेलायत पुर्याएको छ ।
बेलायती सेनाले बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्याइएको हो ।
एक नेपाली सुरक्षा गार्डका अनुसार यसअघि उनीहरूको टोली काबुल विमानस्थलनजिकैको होटलमा आएर बसेको थियो । होटल छोड्न तालिबानले आदेश दिएपछि विमानस्थलभित्र रहेको सैन्य परिसरमा बस्नुपरेको उनले बताए ।‘तालिबानकै सहयोगमा विमानस्थलसम्म आउन सम्भव भयो । उनीहरूले मानवीय सहयोग देखाए,’ उनले भने ।
यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् । काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक भइसकेको छैन ।
यो टोलीले काबुल छाडेको वा कार्यालयमा सुरक्षा दिइरहेको भन्ने खुलेको छैन