Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसियामा ५४५ नेपाली जेलमा,२५ जनालाई मृत्यु दण्डको सजाय

वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसियामा ५४५ नेपाली जेलमा,२५ जनालाई मृत्यु दण्डको सजाय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • ११:३७:०० बजे
  • 1.1K
    SHARES
  • वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसियामा ५४५ नेपाली जेलमा,२५ जनालाई मृत्यु दण्डको सजाय

    पोखरा । वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् ।

    images

    वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् । 

    जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

    १६ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । कुवेतमा ९ जनालाई, यूएईमा ४ जनालाई र कतारमा  ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । 

    बहराइनमा २ जना नेपालीलाई २५ वर्षको जेल सजाय तोकिएको छ भने कुवेत, कतार र बहराइनमा एक एक जनालाई १५ वर्षको जेल सजाय भएको छ । 

    ३६ जना नेपालीहरूलाई १५ वर्षभन्दा कम जेल सजाय तोकिएको छ ।  कुवेतमा ३१, यूएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कमको जेल सजाय भोगिरहेका छन् । 

    यस्तै २९ जनालाई १० वर्षभन्दा कम, १ जना पाँच वर्षभन्दा कम, ४४ जनालाई  एक वर्षभन्दा कम, ७५ जनालाई तीन महिनाभन्दा कमको जेल सजाय तोकिएको छ । २ सय ९३ जनाको सजाय तोक्न बाँकी रहेको र १८ जनालाई जरिवाना तोकिएको बोर्डले जनाएको छ ।

    कुन देशमा कति  वैदेशिक रोजगार बोर्डका अनुसार खाडीको देश कुवेतमा ३ जना महिला र ५५ जना पुरुष गरी ५८ जना,  यूएईमा १२ जना महिला र १७३ जना पुरुष गरी १ सय ८५ जना, ओमानमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना र बहराइनमा ५ जना रहेका छन्  ।

    मलेसियामा २ जना महिला र २०३ जना पुरुष गरी २०५ जना जेलामा रहेका छन् । यो समाचार हामीले उज्यालो अनलाइनबाट साभार गरेका हौ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology