Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्...

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्...

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७८ बिहिवार • १६:४२:३५ बजे
  • 1.1K
    SHARES
  • जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्...

    एजेन्सी । अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपछि विश्वभर अफगानीस्तानको विषयमा चर्चा सुरु भएको छ । 

    images

    अफगानी नागरिकहरुको दिनचर्यामा पनि परिवर्तन आउन थालेको छ । घरका भm्यालहरुमा कालो सिसा राख्न थालिएको छ । महिलाहरुले दराजमा बन्द गरेर राखेका बुर्काहरु निकाल्न थालेका छन् । 

    तालिबानले कब्जा गर्नुअघि अफगानिस्तानका महिलाहरु स्वतन्त्र थिए । फिल्म उद्योगहरु पनि सञ्चालित थिए । जसको उदाहरणको रुपमा वीदा समद्जैलाई लिन सकिन्छ । वीदा मिस अफगानिस्तान हुन् । उनी एकपटक बिकिनी लगाएर निकै चर्चामा आएकी थिइन् ।

    वीदा अफगानी मुलकी मोडल तथा अभिनेत्री हुन् । सन् १९७८ को फेब्रअरीको २२ तारिखमा जन्मिएकी उनले फिल्म तथा फेशनको क्षेत्रमा करियर बनाएकी छन्  ।

    सन् २००३ मा मिस अफगानिस्तानको ताज जितेकी वीदाले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा समेत भाग लिएकी थिइन् । उक्त अवसरमा उनले रातो बिकिनी लगाएर र्‍याम्पमा वाक गरेकी थिइन् । उनको उक्त र्‍याम्प वाक पछि अफगानी दर्शकले उनलाई निकै आलोचना गरे । 

    उनको उच्च अदालतमा समेत आलोचना भएको थियो । उनलाई इस्लाम धर्मको विरुद्धमा अंग प्रदर्शन गरेको समेत आरोप लगाइएको थियो । उनलाई मिस अर्थ प्रतियोगितामा ‘ब्युटी फर द कज’ को उपाधिले सम्मान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology