Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कमजोर आँखाका लागि अब चश्मा नचाहिने !

कमजोर आँखाका लागि अब चश्मा नचाहिने !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७८ बिहिवार • २०:३२:४० बजे
  • 1.4K
    SHARES
  • कमजोर आँखाका लागि अब चश्मा नचाहिने !

    एजेन्सी । बढ्दो उमेरसँगै मानिसमा पेसबायोपिया अर्थात आँखाको लेन्समा समस्या हुन थाल्छ र उसका आँखाले कम देख्न थाल्छ । यस्तो किन हुन्छ भन्ने अझै पत्ता लागेको छैन । तर लेन्सले आफ्नो लचक र दूरी ठीक हालतमा राख्ने क्षमता गुमाएको भने पक्का पनि हो । ४० वर्षको उमेर पार गरिसकेपछि मारिया मोटेसको दृष्टि कमजोर भयो । उनले नजिकको दृष्य हेर्न कठीन भयो । चश्मा लगाउन उनलाई त्यति मन पर्दैनथ्यो । अन्य विकल्पको खोजीमा उनी चिकित्सक कहाँ पुगिन् । सर्जरी गरेर उनको प्राकृतिक लेन्सको ठाउँमा कृतिम लेन्स लगाइयो । अब उनी टाढाको र नजिकको स्पष्ट देख्ने भइन् । तर लेन्सहरुको साटासाट अझै पनि पुर्ण रुपमा ठीक भने भएको छैन । स्पेनमा आँखाका डाक्टर इग्नासिया मोरोटे भन्छन्, ‘प्रसबायोपिया रोगका लागि लेन्स लगाउने कुराले केही दलसम्म त ठीक हुन्छ तर यो नै पूर्ण रुपमा समाधान होइन ।

    images

    नजिक, टाढा र मध्यम दुरीको दृष्टिलाई यसले समाधान दिए पनि परिस्थिति अनुसारको दृष्टिका लागि भने यस धेरै उपयोगी छैन ।’ वैज्ञानिकले अब एक यस्तो उपकरणको विकसित गरेका छन् कि जो कृतिम लेन्सको आकारलाई प्राकृतिक रुपमै परिवर्तन गरिदिन सक्छ । यसबारेमा रिसर्च गरिरहेको सुजाना मार्कोसले एकोमोडेटिव लेन्स नै लेन्सहरुको भविष्य रहेको बताउँदै यसले मानिसको आँखामा युवापन ल्याउन सक्ने बताउँछिन् ।

    यसलाई लेजर प्रविधिको मद्दतले सर्जनले आँखाको भित्रि बनावटबारे अध्ययन गर्दछन् र सबैभन्दा उचित किसिमले फिट हुने लेन्सको छनौट गर्दछन् । अहिले पर्सनलाइज्ड इन्ट्राकुलर लेन्स बनाउने बारेमा पनि विमर्श भइरहेको छ । यसमार्फत डाटा लिइन्छ र हरेक बिरामीका अनुसार लेन्स डिजाइन गर्न सकिने बताइएको छ । आँखालाई डिजिटल मोडलबाट लचकदार प्रत्यारोपण गर्न सकिने बताइएको छ । यसरी मानिसले चश्मालाई विस्थापन गर्न सक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # आँखा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology