Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङमा पोखरीमा डुबेर बालकको मृत्यु, युवती बेपत्ता

लमजुङमा पोखरीमा डुबेर बालकको मृत्यु, युवती बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • १५:२६:२१ बजे
  • 1.3K
    SHARES
  • लमजुङमा पोखरीमा डुबेर बालकको मृत्यु, युवती बेपत्ता

    पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–६ स्थित विनोद बस्यालको १३ वर्षीय अभिनाश बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसँग खेल्ने क्रममा माछापोखरीमा डुबेर घाइते भएका उनको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनको भनाइ छ । 

    दोर्दी गाउँपालिका–६ कीर्तिपुरस्थित दोर्दी खोलाले बगाएर आज एक युवती बेपत्ता भएकी छिन् । दिउँसो डोरीको सहायताले खोला तरेर खोलापारीको मन्दिरमा जाने क्रममा डोरी चुडिएर सोही वडाको सिमीकी २५ वर्षीय फुलमाया गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

    खोलाले बगाएका कीर्तिपुरकै स्थानीय १७ वर्षीय विकास घलेको भने सकुशल नै उद्धार गरिएको उनको भनाइ छ । 

    युवती र युवकसँगै खोला तरेर पारी मन्दिरमा पूजा गर्नका लागि जाने क्रममा डोरी चुडिएर खोलाले बगाएको प्रहरीको भनाइ छ । 

    घलेले चुडिएको डोरी नै समाती रहेकाले स्थानीयले उद्धार गर्न सफल भएको तर युवती भने बेपत्ता भएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology