Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन चेम्बर कास्कीको आग्रह

विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन चेम्बर कास्कीको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • १५:३४:४९ बजे
  • 1.0K
    SHARES
  • विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन चेम्बर कास्कीको आग्रह
    पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड–१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ । 


    अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो अनुरोध गरेको हो । 


    पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान शुरुआत भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । 


    “लकडाउनका कारण नेपालमा एक हजार ५०० भन्दा बढी र पोखरामा लगभग ४४२ पर्यटक विविध कारणले बसिरहेका छन्, तत्काल भिसा समय थप गरी उनीहरुलाई बस्ने वातावरण मिलाउनुपर्छ”, सुनारले भने, “केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको बढी रहेको र  नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन्, यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटक मैत्री वातावरण बनाउनुपर्छ, यो समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।” 

    मन्त्रालयसमक्ष प्रेषित अनुरोधपत्रमा नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने जिकिर गरिएको छ । 

    कोरोना भाइरसका कारण नेपाल सरकारले २०७७ साल चैत ११ गतेदेखि मुलुकभर लगाएको बन्दाबन्दी¬¬का कारण सबै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द रहेका छन् ।  

    नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्कंदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्कन चाहेका छैनन् । 

    पोखरामा केही समय अगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन गरेर नै तत्काल स्वदेश फर्कन नचाहेको बताएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology