Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा

ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७८ शनिवार • १४:०२:२७ बजे
  • 946
    SHARES
  • ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा

    आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पोडेलले पुनरागमन गरेका छन् ।

     

    बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा अटाएनन् । क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ ।

    त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।

    नेपाली टोली

    ज्ञानेन्द्र मल्ल (कप्तान)
    दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
    कुशल भुर्तेल
    आसिफ शेख
    गुलशन झा
    आरिफ शेख
    कुशल मल्ल
    विनोद भण्डारी
    करण केसी
    सोमपाल कामी
    सन्दीप लामिछाने
    पवन सर्राफ
    अविनाश बोहरा
    रोहित पौडेल
    सुशन भारी
    शरद भेषावकर
    विक्रम सोव

    टिम पदाधिकारी
    मुख्य प्रशिक्षक : डेभ वाटमोर
    व्वयस्थापक : मोहम्मद दाउद अन्सारी
    टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
    फिजियो : विक्रम न्यौपाने
    ट्रेनर : राकेश काशिभाई गोहित

  • सम्बन्धित विषय:

  • # ओमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology