Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जना पक्राउ

गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७७ मंगलवार • १५:४७:३७ बजे
  • 1.9K
    SHARES
  • गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जना पक्राउ
    म्याग्दी — गाई काटेको आरोपमा बेनी नगरपालिकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेनी–८ कालीमा गाई काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


    पक्राउ पर्नेमा मालिका गाउँपालिका–५ का हिरा रसाइली, बेनी–६ का वीरबहादुर किसान, वडा नं ८ का चन्द्र दर्जी र बडिगाड गाउँपालिका–२ बागलुङका राजु विक छन् । उनीहरूमाथि पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    ‘चार जनालाई गाई काटिरहेकै अवस्थामा पक्राउ गरी अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘मुलुकी अपराध संहितामा गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology