Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल

पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ६, २०७८ आइतवार • ०८:१६:५४ बजे
  • 967
    SHARES
  • पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका दुई वटा वडा पुर्ण रुपमा सिल गरिएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारी र १० पिपलटारी गएराती १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गते सम्म सिल गरिएको हो ।

    images

    भदौ १ गते ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा दुई वडाका मात्रै २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिनका लागि १० दिनका लागि पुर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले जानकारी दिनुभयो ।

    वडा सिफारीस र सिसीएमसीको स्वीकृतिमा सिल गरिएको हो । उहाँका अनुसार अत्यावश्यक खाद्यान्नका पसलहरु विहान ८ देखि ९ बनजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र खोल्न पाईने भएको छ । घरमा रहेका संक्रमितहरुलाई समस्या परेरमा वडा कार्यालय वा जनप्रनिधिलाई खबर गर्न आग्रह गरिएको छ ।

    गाउँमा अनावश्यक रुपमा हिडडुल नगर्न, अन्यत्रवाट सवारीसाधनहरु गाउँमा प्रवेश गर्न नदिने र स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण रुपमा पालना गर्न वडावासीहरुलाई आग्रह समेत गरिएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । यस अघि कुश्मा नगरपालिका वडा नं। १२ मा पनि पुर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

    अहिले पर्वत जिल्लामा सक्रि संक्रमितको संख्या तीन सय भन्दा बढि रहेको छ । सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा संक्रमणको दर उच्च रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले संक्रमणको दर हेरेर स्मार्ट लकडाउनको तयारी समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सिल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology