Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईपीएलबाट बाहिरियो भिभो,भारतलाई लाग्यो ठूलो झड्का

आईपीएलबाट बाहिरियो भिभो,भारतलाई लाग्यो ठूलो झड्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०७७ मंगलवार • १९:३३:४४ बजे
  • 2.3K
    SHARES
  • आईपीएलबाट बाहिरियो भिभो,भारतलाई  लाग्यो ठूलो झड्का
    भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको तथा केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको बेलमा चिनियाँ मोवाइल कम्पनी भिभोले भारतीय क्रिकेट बोर्डलाई ठूलो झड्का दिएको छ।
    जानकारी अनुसार आर्थिक कारोबारका हिसाबले विश्वकै सबैभन्दा ठूलो मानिएको क्रिकेट लिग इण्डियन प्रीमियर लीगको मुख्य प्रायोजक भिभोले आईपीएलको साथ छोड्ने भएको छ। भिभोले २०२१ देखि २०२३ सम्मका लागि मात्रै प्रायोजक रहने गरी मंगलवार आईपीएललाई बाईबाई गरेको हो।
    आईपीएल र भिभोको सम्झौता २०२२ मा सकिने भए पनि भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेकोले भिभोले यस्तो निर्णय लिएको बताइएको छ। सम्झौता अनुसार भिभोले हरेक बर्ष ४४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई दिँदै आएको थियो।
    जानकारी अनुसार बिज्ञापना जगतमा भारतमा आफ्नो दबदबा बनाएको चीनियाँ कम्पनीहरु भिभोले हरेका बर्ष २ हजार १ सय ९९ करोड, ओप्पोले ७०० करोड र शाओमीले २०० करोड भारतीय रुपैया लगानी गर्दै आएका थिए। चीनको टिभी कम्पनीहरुले आईपीएलको एक सिजनमा मात्रै बर्षको १७२ करोड रुपैया खर्च गर्थे।
    आईपीएलबाट भिभो बाहिरिएसँगै अब आईपीएल पनि घाटामा जाने देखिएको छ। त्यसो त कोरोना महामारीका कारण खाली मैदानमा खेल गर्नुपर्ने भएकाले आईपीएललाई पहिला नै ठूलो घाटा लागि सकेको छ। त्यसमाथि यूएईमा खेल हुने भएपछि खर्च पनि बढेको छ। खर्च बढ्ने र आर्जन कम हुने भएपछि आईपीएलमा  नै संकट आउने देखिएको छ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology