सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ । सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए ।
घाइतेमध्ये १५ जनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी नौजनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।