Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारीले म्याग्दी जिल्लामा पर्यटकीय प्रभाव

कोरोना महामारीले म्याग्दी जिल्लामा पर्यटकीय प्रभाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • २३:०५:०९ बजे
  • 2.4K
    SHARES
  • कोरोना महामारीले म्याग्दी जिल्लामा पर्यटकीय प्रभाव

    गीता विस्वकर्मा - कोरोना भाइरस विश्व महामारीको रुपमा फैलीरहेको छ । यसको सुरुवाती विन्दु चीन हो । भने चीन संगै धेरै देशहरूमा यो आगो जस्तै फैलिएको थियो र अझै पनि यसको नियन्त्रण भएको छैन । यसमा हाम्रो देश नेपाल पनि अछुतो रहेन । कोभिड १९ को नियन्त्रणको लागि नेपाल सरकारले २०७६ चैत्र ११ गते पहिलो चरणको बन्दा बन्दी घोषणा गरेको थियो र त्यो भन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पछि पर्यटन ठप्प भयो ।

    images

    नेपाल एउटा यस्तो मुलुक हो । विभिन्न धार्मिक प्राकृति, ऎतिहासिक, सुन्दर, शान्त हरियाली रमनिय स्थल भएको ठाउँ हो । यस्तो रमणीय स्थल भएको ठाउँ हो यस्तो रमणीय  ठाउँले वर्षेनि पर्यटकहरुको मन लोभ्याउने गर्द्छ ।त्यसै गरि गण्डकी प्रदेश अन्तर्गत रहेको म्याग्दी जिल्ला सुन्दर , शान्त  ,  रमणीय विभिन्न धार्मिक , सास्कृतिक र प्राकृतिक रुपले सजिएको जिल्ला हो । धौलागिरी हिमालको काखमा रहेको म्याग्दी जिल्ला पर्यटकिय ओझेलमा परेको छ । बर्सेनि हजारौं पर्यटक भित्र्याउने म्याग्दी जिल्ला कोरोना महामारीले गर्दा ओझेलमा परेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या विदेशी तथा स्वदेशी दुबै किसिमका पर्यटक आगमन संगै होटल व्यवसाय ठप्प भएको छ । 

    जिल्ला प्रहरी कार्यलयको तथ्यांक अनुसार २०७६ साउनमा देखि २०७७ असार सम्म म्याग्दी घुम्ने पर्यटकको सङ्ख्या ५० हजार थियो ।प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरी अघिल्लो तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताउनु भयो । आ.व २०७४ /७५ र २०७५/०७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए उहाँले भन्नू भयो । "गएको वर्ष फागुन सम्म मात्र पर्यटक आएको  देखिन्छ, त्यस पछि शुन्य छ" । आ.व २०७५/०७६ मा ७५ हजार १ सय ९१ ,२०७४/०७५ मा ७४ हजार ७ सय ३३ , २०७३/०७४ मा ६९ हजार ८ सय ३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आ.व २०७२/०७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार ६ सय ३२ जना थियो । गत वर्ष म्याग्दी भित्रिने पर्यटक ३० हजार र वाहिरिने २० हजार जना छन । बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडान तथा नाका बन्दी भएकाले चैत, वैशाख, जेठ र असार महिनामा पर्यटक सङ्ख्या शुन्य छ । गत कात्तिकमा सबै भन्दा बढी १३ हजार १ सय १९ र असोजमा १० हजार ३७ जना पर्यटक आएका छ्न । यो तथ्याङ्क नागरीक खबर बाट लिएको हो ।

    म्याग्दीमा आउने पर्यटक मध्ये ८०/९० प्रतिशतको रोजाइमा घोरेपानी, पुनहिल , धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण , प्राकृतिक तातोपानी कुण्ड , खोप्रा अन्नपूर्ण , धौलागिरी , आइसफल , टोड्के , रुप्से झरना , अन्धगल्छी , गलेश्वर र बेनि बजार हुँदै मुक्तिनाथ धार्मिक स्थल जाने गर्द्छ्न ।

    विभिन्न धार्मिक ,प्राकृतिक र ऎतिहासिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्द्छ्न । कोरोना महामारीले गर्दा पर्यटन क्षेत्रलाई तहस नहस पारेको छ । विभिन्न होटेल व्यवसायीहरु बन्दाबन्दीको कारण आफ्नो व्यावसाय छोड्न बाध्य भएका छन । यसको असरले गर्दा म्याग्दी जिल्लामा पनि आर्थिक र जनजीवनमा ठूलो क्षति भएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology