Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • २१:११:४५ बजे
  • 928
    SHARES
  • नेपाली क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

    पोखरा । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

    images

    सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् ।

    राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् ।

    क्रिकेट संघले वाट्मोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

    श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे ।

    तर नेपालमा सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प जस्तै भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन पनि भद्रगोल रह्यो । श्रम सम्झौताकै कारण उनले शुरुको तीन महिना समयमा तलब पाउन नसकेको क्यान स्रोतले बताएको छ । पछिल्लो पटक राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए, जुन उनका लागि अनपेक्षित थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology