Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीका १ र बागलुङका २ जनामा कोरोना पोजेटिभ

कास्कीका १ र बागलुङका २ जनामा कोरोना पोजेटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • १५:३१:३८ बजे
  • 1.8K
    SHARES
  • कास्कीका १ र बागलुङका २ जनामा कोरोना पोजेटिभ
    गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । कास्कीका १ र बागलुङका २ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    बागलुङका संक्रमित गलकोट र जैमिनी नगरपालिकाका हुन् भने कास्कीका संक्रमित पोखरा महानगरपालिकाका हुन् ।

    योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ५५ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    यसअघि आज बिहान पोखराका ९ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology