Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको मोदी गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ सहचालकको मृत्यु

पर्वतको मोदी गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ सहचालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • १६:०२:२६ बजे
  • 1.7K
    SHARES
  • पर्वतको मोदी गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ सहचालकको मृत्यु
    पर्वत- पर्वतको मोदी गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ ।

    वडा नं . ६ तिलाहारस्थित रातमाटामा वडा नं .७ राम्जादेउरालीबाट वडा नं. २ देउपुरतर्फ आउँदै गरेको ग १ त ६२७९ नम्बरको खाली ट्याक्टर सडकबाट १२ मिटर तल खस्न पुग्दा दुर्घटना भएको हो ।

    दुर्घटनामा मोदी गाउँपालिका वडा नं .५ बाजुङका २१ वर्षीय युवा विजय नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालिका वडा नं . २ का सन्तोष बिकलाई नियन्त्रणमा लिई थप अनुसान्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology