Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा सबै सेवा बन्द

बागलुङ अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा सबै सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • १६:१०:५७ बजे
  • 1.4K
    SHARES
  • बागलुङ अस्पतालका स्वास्थ्यकर्मीमा  कोरोना संक्रमण  पुष्टि भएपछि धौलागिरी अस्पतालमा सबै सेवा बन्द
    बागलुङ- बागलुङमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

    अस्पताल अन्तर्गत धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बी।के। पोखरेलले जानकारी दिए ।

    आइसोलेसन कक्षमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमित नर्सको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा जारी राख्न नसकिने अस्पतालले जनाएको छ ।

    अस्पताल प्रसासनले ओपिडि सेवा अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology