कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, वीरगञ्जमा आज मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको हो । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ वर्षीय पुरुष र पर्साको पोखरिया नगरपालिका–८ का भएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट पसाएमा योसँगै १४ जना पुगेको छ । ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पेड पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो ।
साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो । यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई वान्ता आउनुका साथै झाडापखाला लागेको थियो ।