Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७८ सोमवार • १५:१६:१० बजे
  • 685
    SHARES
  • धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

    बागलुङ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ जना गम्भीर बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।

    images

    अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्ने गरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा  दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले जानकारी दिए ।

    चीनबाट आयात गर्ने गरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम अगाडि बढेको उनले बताए । भदौ मसान्तभित्रै काम सम्पन्न गरी  भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाख रुपैयाँको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।

    अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ बेडको आइसोलेसन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले जनशक्ति समेत घटेकाले सघन उपचार कक्षको सेवा पनि बन्द भएको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology