Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उपत्यकामा हट्यो निषेधाज्ञा

उपत्यकामा हट्यो निषेधाज्ञा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७८ बुधवार • १५:५०:५५ बजे
  • 946
    SHARES
  • उपत्यकामा हट्यो निषेधाज्ञा

    सरकारले उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । 

    images

    आदेशहरु बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले डिसिसिएमसीसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । अनावश्यकरुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जत्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ ।

    चाडपर्वहरु स्वास्थ्य मापदण्ड पालना गरी भिडभाड नगरी मनाउन आदेशमा भनिएको छ । त्यस्तै, पसल, रेष्टुराँ, होटललगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।

    ढुवानीको हकमा भने प्रशासनले समयसीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने छ । सार्वजनिक तथा नीति निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानीका लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology