अविरल वर्षासँगै झरेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा आज विहान करिब ७ः१५ बजे सडकमाथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो |
अवरुद्ध सडक खुलाउने प्रयास भएपनि आज बिहानैदेखि भैरहेको भारी वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। त्यस्तै निरन्तर वर्षाकै कारण मुग्लिन–नारायणगढ सडकखण्डमा आधा दर्जन भन्दा बढी स्थानमा साना ठुला पहिरो गएको प्रहरीले बताएको छ|
सडक प्रयोगकर्ताका लागि सकेसम्म वैकल्पिक राजमार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ|