Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल-भारत मैत्रीपूर्ण खेल बराबरीमा सकियो

नेपाल-भारत मैत्रीपूर्ण खेल बराबरीमा सकियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७८ शुक्रवार • ११:३२:१९ बजे
  • 1.9K
    SHARES
  • नेपाल-भारत मैत्रीपूर्ण खेल बराबरीमा सकियो

    पोक्खरा । बिहीबार साँझ भएको नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।

    images

    खेल १-१ गोलको बराबरीमा सकिएको हो। 

    खेलमा नेपालले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको हो । नेपालले खेलको ३६ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । 

    भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले बललाई गोल पोस्टको दिशा दिए। 

    खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो। भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए।

    भारतीय कप्तान सुनील क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरका थिए। जुन प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले राम्रोसँग नियन्त्रणमा लिन सकेनन्। 

    त्यसपछि गोललाइनमा झरेको बललाई थापाले जालीमा चुमाए। थापा दोस्रो हाफमा मैदान छिरेका थिए।

    खेल सकिन १० मिनेट बाँकी छँदा नेपालले अग्रता लिने राम्रो अवसर खेर फाल्यो। मनिष डाँगीको क्रसमा विशाल राईले डिबक्सभित्रबाट फितलो प्रहार गरेका थिए। दुवै खेलाडी दोस्रो हाफमा मैदान छिरेका थिए।

    ८३ मिनेटमा भारतले पनि अग्रता लिने मौका गुमायो। भारतका लागि मनविर सिंहले डिबक्स बल पाए पनि राम्रो पास दिन सकेनन्।

    नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।

    दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। 

    आइतबार मैत्रीपूर्ण खेलपछि नेपाली टिम साफको तयारी गर्न कतार जानेछ। कतारमा तयारी गरेपछि नेपाल उतैबाट माल्दिभ्स पुग्नेछ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology