पोखरा ।नेपाल भारत बीचको मैत्रीपुर्ण फुटवल खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा पुगेको छ ।यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । य्सै क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि मैत्री पुर्ण खेल हेर्न रङगशाला पुगेका छन ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । बिहीबारको उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।