पोखरा । पछिल्लो २४ घण्टामा देशभर १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७१७१ जनामा गरिएको परीक्षणमा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् ।
अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यो पनि हेर्नुस
नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी ,एमाले अध्यक्ष फुटबल हेर्न रंगशालामा
पोखरा ।नेपाल भारत बीचको मैत्रीपुर्ण फुटवल खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा पुगेको छ ।यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । य्सै क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि मैत्री पुर्ण खेल हेर्न रङगशाला पुगेका छन ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । बिहीबारको उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।