Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • २०:०३:४८ बजे
  • 1.0K
    SHARES
  • नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

    नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो |

    images

    यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो । नेपालले बंगलादेशसँग पनि पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो |

    झण्डै साढे तीन दशक लामो अन्तर्राष्ट्रिय इतिहास रहेको महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मात्र मैत्रीपूर्ण खेल खेलेको छ । बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ |

    उज्वेकिस्तानमा हुने एशियन कप छनोटका लागि बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलले सहयोग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ । तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ |

    बंगलादेश भने समूह जीमा छ । नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाल एशियन कपमा छनोट हुने सम्भावना रहेको बताउँदै आएका छन् । एन्फाको टेक्निकल डिरेक्टर समेत रहेका फिलिप्सको प्रशिक्षणमा महिला टिमले पहिलो पटक खेल्न लागेको हो ।

    यो कठिन समय हो र महामारीको बेला पनि खेल्न पाउनु हाम्रो लागि अवसर हो र एशियन कपको लागि तयारी गर्ने अवसर हो । हामी हाम्रो बाटोमा छौं, टिम कहाँ छ भनेर थाहा पाउने अवसर हो । मैत्रीपूर्ण फुटबलका लागि तयार छौं’ फिलिप्सले बुधबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा भने |

    यसपटक नेपालको मुख्य खेलाडी तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा टिममा हुने छैनन् । गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि सावित्रा हाल कतारमा उपचाररत छिन् |

    उनको घुँडाको शल्यक्रिया भइसकेको छ । ‘राम्रो खेलाडीलाई गुमाउँदा पक्कै घाटा हुन्छ’ फिलिप्सले भने, ‘उनीसँग धेरै अन्तर्राष्ट्रिय अनुभव छ । उनी मिस हुनेछन् ।’ प्रशिक्षक फिलिप्सले आफूसँग २३ जना बलिया खेलाडी रहेको र युवा खेलाडीका लागि अवसर रहेको बताए ।

    नयाँ खेलाडीले पहिलो रोजाईमा स्थान बनाउने अवसर आएको उनको भनाइ छ । बंगलादेशी प्रशिक्षक गोलान रबानी छोतानले कोरोना महामारीको समयमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद दिए |

    को'भि'ड-१९ को अवस्थामा पनि मेत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद। नेपालसँगको दुई खेल एएफसी एशियन कप छनोटको लागि राम्रो तयारी हुनेछ’ उनले भने । नेपाल बलियो टिम रहेको भन्दै छोतानले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘हामीले लामो समयदेखि नेपालसँग खेल्दै आएका छौं र नेपाल बलियो टिम हो।

    भोलिको खेल प्रतिस्पर्धात्मक हुने आशा छ’ उनले भने । बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँग खेल्न तयार रहेको बताइन् । ‘हामी भोलि खेलका लागि तयार छौं । एशियन कपका लागि पनि तयार छौं । भोलि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ’ उनले भनिन् । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन |

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology