Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज तीज : नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीच पहिलो मैत्रिपूर्ण फुटबल खेल्दै

आज तीज : नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीच पहिलो मैत्रिपूर्ण फुटबल खेल्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७८ बिहिवार • ०८:३४:२० बजे
  • 940
    SHARES
  • आज तीज : नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीच पहिलो मैत्रिपूर्ण फुटबल खेल्दै

    पोखरा । आज नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल हुँदै छ ।

    images

     

    दशरथ रंगशालामा आज बेलुकी पाँच बजे दुई टोली बीच खेल हुनेछ ।

    मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

    खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो ।

    उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

    एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ ।

    समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology