एजेन्सी/ अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ । अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ ।
त्यसैगरी यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ । १७ अक्टुबरदेखि १४ नोभेम्बरबीच ओमान र युएईमा टी २० क्रिकेट आयोजना हुनेछ ।
यी हुन् टोलमिा समावेश खेलाडी ब्याट्सम्यान : विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव |
विकेटकिपर : ऋषभ पन्त, ईशान किशन |
स्पिनर: राहुल चाहर, आर अश्विन, वरुण चक्रवर्ती, अक्षर पटेल |
पेसर : जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी ।
अलराउन्डर : रविन्द्र जडेजा, हार्दिक पान्ड्या ।
वैकल्पिक : श्रेयस अय्यर, शार्दूल ठाकुर, दीपक चाहर |
कहिले कोसँग प्रतिस्पर्धा ? प्रारम्भिक चरणमा भारतले २४ अक्टुबरमा पाकिस्तान, ३१ अक्टुबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।