पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जना कोरोना सं-क्र-मि-त फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
यस्तै को-रो-ना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृ-त्यु भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । कोरोनाका कारण नेपालमा मृ-त्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।
भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन्।
यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३३ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना कोरोना सं-क्र-मि-त फेला परेका हुन्।