Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल र न्युगिनीविरुद्ध दोस्रो खेल आज ओमानमा हुँदै

नेपाल र न्युगिनीविरुद्ध दोस्रो खेल आज ओमानमा हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • १३:५९:५० बजे
  • 1.2K
    SHARES
  • नेपाल र न्युगिनीविरुद्ध दोस्रो खेल आज ओमानमा हुँदै

    अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दै छ ।

    images

    ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा–रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टी–२० खेल दिवा–रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

    खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुने छ । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यका साथ उत्रने छ ।

    पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए । पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट "डेब्यु" गरेका थिए ।

    चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो । यो खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

    नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे-नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे-नाइट खेलेको थियो । 

    "एकदिवसिय क्रिकेट"मा भने पहिलो पटक खेल्न लागेको हो । नेपालले पिएनजीसँगको खेलपछि आइसीसी विश्वकप "क्रिकेट" लिग–२ अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाल र न्युगिनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology