Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पोखराका ८ बस्ने एक सरकारी कर्मचारीका चारै जना परिवारमा कोरोना संक्रमण

पोखराका ८ बस्ने एक सरकारी कर्मचारीका चारै जना परिवारमा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २२, २०७७ बिहिवार • १७:३०:२६ बजे
  • 12.7K
    SHARES
  • पोखराका ८ बस्ने एक सरकारी कर्मचारीका चारै जना परिवारमा कोरोना संक्रमण
    पोखराका- गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पोखरा महानगरपालिका वडा नं. ८ मा ४ जनामा कोरोना देखिएको हो ।  संक्रमित मध्ये ७, १४ र ८२ वर्षीय पुरुष र ७२ वर्षीय महिला छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीमा ४ जना, स्याङ्जामा २ जना तथा तनहुँ, पर्बत र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ ।

    यसै गरी पोखराका एक सरकारी कर्मचारीका चारै जना परिवारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । 

    पोखरा ८ बस्ने तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीको परिवारका मा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ४ जना मध्ये २ बालक र २ जना वृद्धवृद्धा छन् ।

    संक्रमण पुष्टि हुनेमा अधिकृत रेग्मीका ८२ वर्षे बुवा, ७२ वर्षे आमा, ७ र १४ वर्षका छोरा छन् । उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    कोरोना परिक्षणका लागी स्वाव दिएर घरमै क्वारेण्टाइन बसेका रेग्मी केही समय अघि काठमाण्डौवाट फर्किएका थिए । गत साउन १४ गते स्वाव दिएका उनलाई कोरोना देखिएपछी उनको परिवारको पनी स्वाव लिएर परीक्षण गर्दा श्रीमति बाहेक घरका चारै जनालाई कोरोना पुष्टी भएको हो ।
    117304383_175458893961896_7456157894276410250_o.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology